प्रमुख अमेरिकी रिटेलर (खुद्रा बिक्रेता)हरुले बगैंचामा रोपिने बनस्पतिहरु मौरी–मैत्री भन्दै बेच्ने गरिरहेका हुन्छन् तर तिनमा हालिएको विषादी मौरीका निम्ति विषालु रहेको पाइएको छ, पहिलोपटक अमेरिकामा सार्वजनिक गरिएको एक अध्ययनको प्रारम्भिक निचोडमा भनिएको छ ।
फ्रेन्ड्स अफ द अर्थ युएस र पेस्टिसाइड रिसर्च इन्स्टिच्यूटका अनुसन्धाताहरुले अध्ययन गरिएका आधाभन्दा बढी नर्सरीका बनस्पतिमा “नियोनीकोटीनोइड” नामको विषादी पाइएको बताएका छन् । यो विषादीका कारण विश्वभर नै मह उत्पादन गर्ने मौरी मरिरहेका छन् ।
“हाम्रो प्रतिवेदनमा प्रदूषित बनस्पति र त्यसको जमावटले यो समस्या निकै भयावह रहेको देखाइरहेको छ,” नया“ प्रतिवेदनकी सहलेखिका तथा फ्रेन्ड्स अफ द अर्थ युएसका खाद्य तथा प्रविधि कार्यक्रमकी निर्देशक लिसा आर्चरले आइपिएसलाई बताइन् ।
“दूर्भाग्यवस, धेरैजसो मालीहरुले सिफारिस गरिएकै विषादी बिरुवामा हाल्छन् तर त्यसैले मौरीलाई हानि गर्ने, कमजोर पार्ने र मार्ने गरिरहेको छ । यी बनस्पति खरिद गर्नेहरुले मौरीलाई राम्रो होस् भन्ने चाहे पनि त्यसले उल्टै विष खुवाइरहेको पाइनु निकै डरलाग्दो कुरा हो ।”
अरु धेरैले पनि यो अवस्थाको सामना गर्नु परेको जनाएका छन् । “यी समूहहरुको पहलमा झण्डै १७५,००० मानिसले प्रमुख रिटेलरहरुसमक्ष उजूरी दर्ता गराएका छन् र उनीहरुले “नियोनीकोटीनोइड” द्वारा उपचार गरिएका बनस्पतिको बिक्री रोक्न आग्रह गरेका छन् ।”
मौरीका सम्बन्धमा आधा शताब्दीसम्म रहस्यमय खराब समाचार आए पनि गत हिउ“दमा अमेरिकी व्यावसायिक मौरीको संख्या सबैभन्दा बढी घटेको पाइएको थियो । मौरीपालक किसानहरुले मौरीको मृत्युदर ४० देखि ९० प्रतिशत रहेको र झण्डै एकतिहाई घार नष्ट भएको जनाएका थिए । विज्ञहरुका अनुसार, अत्यधिक चिसो हिउ“दमा सामान्यतया मौरीको मृत्युदर १० देखि २० प्रतिशत हुने गर्दछ ।
संयुक्तराज्य अमेरिकामा करिब खाद्यआपूर्तिको एक तिहाई (खाद्यान्नको दुई तिहाई) मौरीको परागसेचनमा निर्भर छ । व्यापक पर्यावरणीय चक्रको दृष्टिबाट हेर्दा नोक्सानी अझ बढी हुने सम्भावना पनि छ, किनभने ८० प्रतिशत फूल फूल्ने बनस्पतिको जीवन नै मौरीमा निर्भर रहेको हुन्छ ।
नियोनीकोटीनोइड (अर्थात् नियोनिक्स) सिस्टेमिक विषादी, पानीमा घुलनशील तत्वको रुपमा पनि चिनिन्छ जुन बोटबिरुवाको जरा हु“दै जमिनमा फैलने गर्दछ र बनस्पतिमा केही वर्षसम्म रहने गर्दछ । आज, नियोनिक्स वर्गको विषादी विश्वमै सबैभन्दा बढी प्रयोग गरिन्छ, र अमेरिकाको व्यावसायिकरुपमा उत्पादित सबैजसो अन्नको उपचारमा यो प्रयोग भइरहेको छ ।
तैपनि वैज्ञानिक प्रमाणहरुले के देखाइरहेका छन् भने नियोनिक्सको प्रयोगले मौरीलाई मात्र खतरामा पारेको नभई परनिर्भर जीव (प्यारासाइट) का साथै जलवायु परिवर्तनमा भूमिका निर्वाह गरिरहेको छ ।
वैज्ञानिकहरुले नियोनिक्सको कृषि प्रयोगको सम्भावित असरका सम्बन्धमा निकै ध्यानकेन्द्रित गरिरहेको बखत पछिल्लो अध्ययनले घर र औद्योगिक प्रयोजनका शृङ्गारिक बगैंचामा यी बस्तुको प्रयोगलाई मापन गर्ने प्रयत्न गरेको छ । प्रतिवेदनमा भनिएको छः “अमेरिकाभरका नर्सरी र बगैंचाबाट बिक्री गरिने धेरैजसो बेर्ना र बनस्पतिको उपचारमा नियोनीकोटीनोइडको प्रयोग फार्ममा प्रयोग गरिएको भन्दा ज्यादै बढी छ ।”
अध्ययनको नमुना भने निकै सानो थियो, केवल १३ वटा बनस्पतिको मात्र अध्ययन गरिएको थियो र अनुसन्धाताहरुले अझ व्यापक अध्ययन गर्नुपर्ने सुझाव दिएका छन् । यी बनस्पतिहरु अमेरिकाका तीनवटा क्षेत्रका तीनवटा राष्ट्रव्यापी रिटेलरबाट खरिद गरिएका थिए र त्यसपछि स्वतन्त्र प्रयोगशालामा परीक्षण गरिएका थिए ।
नमुना लिइएका आधाभन्दा बढी बनस्पतिमा नियोनिक्सको जमावटको स्तर पनि पाइएको थियो जसमा प्रति किलोग्राम ११ देखि १,५०० माइक्रोग्राम नियोनिक्स थियो । केही बनस्पतिमा दुई वा तीन किसिमका नियोनिक्सको प्रयोग गरेको पाइएको थियो । न्यूनस्तरको नियोनिक्सले पनि मौरीलाई मार्न सक्ने सम्भावना रहेको आर्चरले बताइन् ।
“थोरै परिमाणमा भए पनि त्यसले नकारात्मक असर पार्ने सम्भावना छ, र यसले मौरीको प्रजनन क्षमता र मौरीले दिशा पत्ता लगाउने क्षमतामा असर पार्दछ । प्रयोगशाला परीक्षणमा विगतमा पनि यस्तो देखिएको थियो,” उनी भन्छिन् । “त्यसै पनि मौरीहरु पहिल्यैदेखि निकै समस्यामा छन्, त्यसैले यो अध्ययनस“गै रिटेलरहरुले अब चा“डै यो विषयमा केही ठोस कदम चाल्नेछन् र उपभोक्ताले पनि पसलमा नियोनिक–मुक्त बनस्पतिका बिरुवा प्राप्त गर्नेछन् ।”
आर्चर नियोनिक्सका कारण मौरीमाथिको सम्भाव्य असरका सम्बन्धमा नर्सरीका खुद्रा उद्योगलाई जानकारी भएनभएको बारेमा त्यति जानकार नभएको बताउ“छिन्, तर उनको भनाइमा उनी कम्पनीहरुलाई केही समय शंकाको लाभ उठाउन दिन सकिन्छ ।
अमेरिकाभर २,२५० वटा पसल रहेको होम डिपोटका प्रवक्ताले नया“ अध्ययनका बारेमा आफ्नो कम्पनीले समीक्षा गरी नसकेको बताए । “तर हामीले मौरीको जनसंख्याको महत्वलाई राम्रोस“ग बुझेका छौं,” उनले भने, “त्यसर्थ, थप बुझ्नका लागि हामी अध्ययन समूहलाई भेट्ने निधोमा पुगेका छौं ।” नया“ अध्ययनमा समेटिएको अमेरिकाकै अर्को ठूलो कम्पनी लाउले भने प्रतिक्रिया जनाउन चाहेन ।
गत महिना अमेरिकी सांसदहरुले अमेरिकी मौरीपालनलाई सुरक्षित गर्नका लागि आपतकालीन अन्तरिम उपायहरु अपनाउने लक्ष्यका साथ राष्ट्रिय विधेयक संसद्मा प्रस्तुत गरेका छन् । व्यावसायिक पार्किङ क्षेत्रमा रोपिएका शृङ्गारिक बनस्पतिका लागि नियोनिक विषादीको प्रयोग गरेपछि झण्डै ५०,००० मौरी मरेको समाचार आएपछि यो विधेयक अघि सारिएको हो ।
यो विधेयक पारित भएमा अमेरिकी वातावरणीय संरक्षण एजेन्सी (इपीए) ले सन् २०१८ मा विषादीका सम्बन्धमा पुनर्मूल्याङ्कन नगर्दासम्म नियोनिक्सको प्रयोग रोकिनेछ । यही निकायले नियोनिक्सको प्रयोगलाई यसअघि अनुमोदन गरेको थियो ।
“बाह्र वर्षअघि इपीएले यस्ता सयौं उत्पादनलाई स्वीकृति प्रदान गरेको थियो,” खाद्य सुरक्षा केन्द्रका अधिवक्ता पिटर जेनकिनले बताए । “तर यी तत्वहरुले ल्याउने असरका बारेमा इपीएले पूर्णरुपमा बुझ्न सकेको छैन । अहिले एजेन्सी प्रतिरक्षात्मक अडानमा पुगेको छ, र यी उत्पादनलाई फिर्ता गर्न निकै कठिन छ, तर फिर्ता गर्न सकिन्छ ।”
केहीको सुझाव छ कि पुरातन विचारले हाल अन्योलमा रहेको परागसेचनसम्बन्धी विधेयकलाई नै ओझेलमा पार्नेछ, जेनकिनले औंल्याए ।
अझ व्यापकरुपमा हेर्दा, नियोनिकको प्रयोग हाल युरोपबाट अघि बढ्दै गएको छ । युरोपेली युनियनले तीन किसिमका नियोनिक्सको प्रयोगका सम्बन्धमा दुई वर्षको समय दिएको र थप अनुसन्धानलाई स्थगित गरेको छ । बहुसंख्यक बेलायती घरयासी बगैंचा रिटेलरले नियोनिक–उपचार गरिएका बनस्पतिको बिक्री पहिल्यै रोकिसकेका छन् ।
“बेलायतमा खुद्रा बिक्रेताले यस्तो गर्न सक्छन् भने उनीहरुले यहा“ पनि गर्न सक्छन्,” फ्रेन्ड्स अफ द अर्थका आर्चर भन्छिन् । “अमेरिकी गार्डेनिङ संघका अनुसार ८० प्रतिशतभन्दा बढी उपभोक्ताहरु वातावरणमैत्री वस्तुहरु खरिद गर्न चाहन्छन्, त्यसैले खुद्रा बिक्रेताहरुले यो अवसरबाट फाइदा पनि लिन सक्नेछन् ।”