images

फागुन ३० गते प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाको अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनको बेलामा सबै सांसदहरूलाई उपस्थित हुन निर्देशन भएको बताए ।

१४ महिनायता उनले विश्वासको मत लिन लागेकाे यो तेस्रो पटक हो । यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिएका थिए ।

विश्वासको मतका लागि दाहालले माओवादी केन्द्रको संसदीय दलबाट ह्विप जारी गर्ने निर्णय गराएका छन् भने सत्ता साझेदार दलहरूसँग छलफल तीव्र पारेका छन् । शनिबार बसेको दलको बैठकमा उनले साझेदार दलहरूसँग छलफल गरिरहेको जानकारी गराएका थिए ।