images
images

बैंक तथा वित्तिय संस्थाको २ अर्ब कर्जा लगानी जोखिममा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको करिब २ खर्ब हाराहारी कर्जा लगानी जोखिममा परेको छ । राष्ट्रिय तथा क्षेत्रीय स्तरका क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले गरेको कूल कर्जा लगानीको ३.६६ प्रतिशत लगानी उच्च जोखिममा परेको हो ।

राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार कात्तिक मसान्तसम्म बैंकहरूले गरेको कूल कर्जा लगानीमध्ये १ खर्ब ९० अर्ब रुपैयाँ लगानी खराब कर्जामा रूपान्तरण भएका छन् ।

कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ५९ खर्ब १२ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दै ४९ खर्ब ७६ अर्ब ४७ करोड ७० लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेका थिए । मध्य–डिसेम्बर अर्थात् मङ्सिर मसान्तसम्ममा यस्तो निक्षेप र कर्जा लगानी दुवै बढेर ६०÷५० को स्थितिमा पुगिसकेको छ ।

अर्थात् पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन बढेर ६० खर्ब नाघिसकेको छ भने यता कर्जा लगानी समेत बढेर करिब ५० खर्ब हाराहारी पुगेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS