images
images

भिडियो खिचिरहेका व्यक्तिमाथि ट्राफिक प्रहरीद्वारा निर्घात कुटपिट

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज काँरकाँदो चौकमा एक सर्वसाधारणमाथि ट्राफिक प्रहरीले निर्घात कुटपिट गरेको छ । आइतबार बिहान साढे ८ बजे हेटौँडा उपमहानगरपालिका १७ घर भई जुम्लामा डोजर चलाउँदै आएका देवराज सापकोटालाई ट्राफिकका प्रहरी सहायक निरीक्षक प्रकाश विकले कुटपिट गरेका हुन् ।

बाटोको भिडियो खिचिरहेका सापकोटालाई ट्राफिक नियम उलङ्घन गर्दै मोटरसाइकलमा आएका प्रहरी सहायक निरीक्षक विकले आफ्नो भिडियो खिचेको भन्दै मोबाइल नियन्त्रणमा लिई मोबाइलमा रहेका भिडियोहरू समेत डिलिट गरेका थिए ।

सापकोटा डोजरको पम्प बनाउन नेपालगञ्ज आएका थिए ।पीडित सापकोटाका अनुसार, आफूले आफ्नै व्यक्तिगत प्रयोजनका लागि भिडियो खिचेको बताउँदा, बताउँदै ट्राफिक प्रहरीले नियन्त्रणमा लिई काँरकाँदौबाट बसपार्क स्थित बिद्युत् प्राधिकरण भित्र रहेको अस्थायी प्रहरी बिटमा लगेर कुटपिट गर्नुका साथै उनको सवारी चालक अनुमति पत्र थुतेको हो ।

आफू मुटु रोगी भएको उल्लेख गर्दै पीडित भएको बताउँदै सापकोटाले अनाहकमा आफूलाई कुटपिट गरिएको बताए । कुटाइबाट उनी घाइते भएका छन् । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले सत्य, तथ्य बुझेर आवश्यक कारबाही गर्ने आश्वासन दिएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS