images

भृकुटीमण्डपबाट मीटरव्याज पीडितलाई हटाउन खोजेपछि वार्ता विथोलियो

काठमाडौं–प्रहरीले भृकुटीमण्डपमा बसिरहेका मिटरव्याज पीडितहरुलाई हटाउन खोजेपछि सरकारसँगको वार्ता विथोलिएको छ । २३ दिनको पैदल मार्चपछि काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितहरुसँग सोमबार हुने भनेको वार्ता विथोलिएको हो ।

गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिएपनि ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर तितरवितर पार्न खोजेपछि वार्ता विथोलिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता नीर्घ नविनले जानकारी दिए ।

प्रहरीले सामान उठाउने तयारी गरेपछि आफूहरु पूर्वनिर्धारित कार्यक्रम छाडेर भृकुटीमण्डपमै बसिरहेको नवीनले बताए । मिटरब्याज पीडितको न्यायका लागि भन्दै १६ माघमा पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए ।
उनीहरु काठमाडौं आएसँगै गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।