images

भेट्न आउँदा खादा माला नल्याउन मन्त्री पाण्डेकाे आग्रह

काठमाडौँ–नवनियुक्त संस्कृति पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आफूलाई भेट्न आउने शुभेच्छुकहरूलाई खादा माला नल्याउन अनुरोध गरेका छन्।

मन्त्री पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फत मतदाता,शुभेच्छुकहरू प्रति कृतज्ञता प्रकट गर्दै उक्त कुरा उल्लेख गरेका हुन्।उनले भनेका छन्,गृह जिल्ला बाजुराका मतदाता र देश विदेशमा बस्नुहुने सम्पूर्ण शुभचिन्तकहरूको अमूल्य योगदान प्रति कृतज्ञ छु। साथै मलाई विभिन्न माध्यमबाट बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दै आजबाट प्रत्यक्ष,बधाई तथा शुभकामनाको क्रममा फुल,माला तथा खादाको प्रयोग नगरिदिन अनुरोध छ।

मन्त्री पाण्डेले पर्यटनका क्षेत्रमा काम सकारात्मक सुझावको समेत अपेक्षा गरेका छन्। मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने उल्लेख गरेका छन् । उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत सर्त तोकिएको बताए ।

उनले निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलङ्क नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताए । उनले जनताले भ्रष्टाचारको न्यूनीकरण गरी सुशासनको प्रत्याभूति खोजिरहेको बताए । उनले युवाहरू देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दै सबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने बताए ।