images

भोजपुर पौवाढुङमा गाउँपालिका जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह बन्न सफल

भोजपुर– भोजपुर पौवाढुङमा गाउँपालिका जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा भएको छ । योसगैँ पौवाढुङ्वा कोशी प्रदेशमा बालश्रम मुक्त घोषणा गर्ने दोश्रो र नेपालकै छैटौँ स्थानीय तह बनेको हो ।

विश्वश्रम संगठनको समन्वयमा पालिकाले दुई वर्ष अघिबाट ९ वटै पालिकामा गणकहरु खटाएर तथ्याङ्क संकलन सुरु गरेको पौवाढुङ गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । जसले पालिकामा बालश्रममा नरहेको विवरण दिएको थियो ।

बालश्रम मुक्त घोषणाको लागि वडास्तरिय अनुगमन समितिले तयार पारेको प्रतिवेदनमा बालश्रमको जोखिममा पर्न सक्ने १ सय १८ जना बालबवालिको विवरण पनि समेटिएको छ । उनीहरुका लागि विद्यालय फर्काउने वा अन्य विकल्पको खोजी गरी भावी योजना अघि बढाइने पालिकाको दाबी छ ।