images
images

दिपक मनाङे गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री

काठमाडौं–गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मनाङेलाई मन्त्री बनाएका हुन् ।
मुख्यमन्त्री पाण्डेले सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन्।
मन्त्री नियुक्तिसँगै आजै शपथ ग्रहणको तयारी गरिएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताए। मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएपछि मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए।
मनाङेले एकीकृत समाजवादी पार्टी परित्याग गर्दै आफू स्वतन्त्र रहेको उद्घोष गरेका थिए । मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले मनाङले आजै साढे ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ लिने तयारी रहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS