
काठमाडौं–नेपाल टेलिकमको रिचार्ज खरिद प्रकरणमा चलखेल गर्न खोजेको पाइएको छ । ३६ पैसामा छापिदै आएको रिचार्ज कार्डलाइ ५१ पैसामा छाप्न दिने चलखेल भएको हो ।
जसको लागि टेन्डर आह्वान गरिएको छ । करोडौको चलखेल गर्नको लागि नेपाली कम्पनीले छाप्दै आएको रिचार्ज कार्ड विदेशी कम्पनीलाई ठेक्का दिलाउने गरि टेलिकम प्रशासन लागि परेको स्रोतको दाबी रहेको छ । जसको मुख्य भुमिकामा टेलिकमकी प्रबन्ध निर्देशक सङ्गिता पहाडी रहेको बुझिएको छ।
कमिसनको चलखेल गरेर विदेशी कम्पनीलाई महङ्गोमा ठेक्का दिने तयारी भएसङ्गै तालुकदार सन्चार मन्त्रालय कि मन्त्री रेखा शर्माले विशेष चासो राखेकी थिईन । मन्त्री शर्माले नेपाली कम्पनीलाई नै ठेक्का दिने गरि टेन्डर आह्वान गर्न निर्देशन दिए पनि प्रबन्ध निर्देशक पहाडीले बेवास्ता गर्दै आएकी छिन ।
टेलिकमले निकालेको सुचना अनुसार टेन्डर दिने अन्तिम दिन शुक्रवार हो । यदि टेन्डर रद्द नभएमा निरन्तर आम्दानी घटाइरहेको टेलिकमको नाफा पनि ओरालो लाग्ने देखिन्छ ।