images
images
images

महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । महामन्त्री डा.मुकुल ढकालले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्नका लागि रास्वपाले असार १९ गते बुधवार केन्द्रीय समितिको बैठक बोलाएको हो ।

इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिए अनुसार महामन्त्री ढकालले विभिन्न जिल्लाहरूमा पुगेर रास्वपाको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए ।

उनले तयार पारेकोमाथि प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । बैठक असार १९ गते बिहान ८ बजेदेखि बस्ने महामन्त्री ढकालले जानकारी दिएका छन् । महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरी अगाडि बढिरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन् ।

उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS