images
images

माधव नेपालले बोलाए स्थायी कमिटीको बैठक 

काठमाडौं–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थायी समिति बैठक बोलाएका छन्।
अध्यक्ष नेपालले स्थायी कमिटीको बैठक वैशाख २९ गते बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा आउँदो महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्ताबेज, विधान दस्ताबेज, समाजवादी कार्यक्रम सम्बन्धी दस्ताबेज र साङ्गठनिक दस्ताबेजमा छलफल गरिने उनले बताए।
स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ। दुवै समितिबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाउन लागिएको प्रचार विभाग प्रमुख खतिवडाले बताए। आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन हुँदै छ।