images

मिर्चैया नगरपालिकामा ढुंगामुढा, दुई प्रहरी सहित तीनजना घाइते

सिरहा- सिहराकाे मिर्चैया नगरपालिकामा ढुंगामुढा भएको छ । नगरपालिकाको वडा नम्बर-३ मा सचिव पठाउने विषय विवाद भएको हो ।

नगरपालिकाले वडामा सचिव नपठाउँदा कामकाज एक साता भन्दा बढी समयदेखि प्रभावित बनेको भन्दै स्थानीय बासिन्दाहरूले आइतबार बिहान नगरपालिकामा तालाबन्दी गर्न आएका थिए ।

तर, प्रहरीले तालाबन्दी गर्न नदिएपछि विवाद चर्किएको थियो । ढुंगामुढाबाट दुई प्रहरी र एक प्रदर्शनकारी घाइते भएका छन् भने नगरपालिकाको कार्यालयमा पनि क्षति पुगेको छ ।