images
images
images

म रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिने छैन : राष्ट्रपति पौडेल

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताए ।

उनले भने, ‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु । मेरो तागतले भ्याएसम्म र म रहेसम्म दिने छैन ।’

उनले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने बताए ।

राष्ट्रपति पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सूचना प्रविधिलाई सहज र सरल नीतिगत आधार तयार गरिदिने हो भने व्यापार घाटा कम गर्न महत्त्वपूर्ण भूमिका निभाउन सक्ने स्थिति छ ।’

नेपालमा कृषि क्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोज‌गारी सिर्जना गर्न, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति नरहेको बताए ।

उनले भने, ‘निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव छ ।’

हलेसीका महादेव, ट्याम्केका सिद्ध बाबा, पाथीभरा माता, छिन्नता देवी, वराहक्षेत्र, यस प्रदेशका गुम्बा, मठमन्दिर, लोभरकटी किराँत मन्दिर लगायतलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सकिने उनले बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS