images
images

राष्ट्रपति पौडेलका सल्लाहकार नेपालले दिए राजीनामा

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा। चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।

सल्लाहकार नेपालले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका थिए ।राष्ट्रपतिको सल्लाकार जस्तो गरिमायपदमा बसेका व्यक्तिले गैर कानुनी अभिव्यक्ति दिएको भन्दै सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोध जनाएका थिए ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।

उनले एक अनलाइन सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि विवादमा मुछिएका नेपालको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।