images
images

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौं–राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्। उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष बुधबार राजीनामा पत्र बुझाएकी हुन्।

संवैधानिक प्रावधान अनुसार अध्यक्ष र उपाध्यक्ष एउटै दलबाट हुन नहुने भन्ने प्रावधान अनुसार उनले पदबाट राजीनामा दिएकी हुन् । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको अध्यक्षकी दाबेदार उनी दाहाललाई जिम्मेवारी दिइएसँगै असन्तुष्ट बन्दै आएकी थिइन् ।

तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष भाइ नारायण दाहाललाई बनाएका थिए।

दाहाल गत फागुन २९ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS