images
images
images

रुसी सेनामा पठाउने गिरोहमा पूर्व सैनिकको संग्लनता,बहालवाला प्रहरी समेत उड्ने दाउमा

काठमाडौं। रुसी सेनामा भर्ना गराउने गिरोहमा पूर्व सैनिकको संग्लनता रहेको पाइएको छ। प्रहरीले १२ जना गिरोहीहरुलाई पक्राउ गरि अनुसन्धान गर्दा पूर्व सैनिकको समेत संग्लनता रहेको पाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको १२ जनाको समूहमा पूर्व सैनिक समेत रहेका छन्।

उदयपुरको कटारीका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा नेपाली सेनामा कार्यरत रहेकाे पाइएकाे हाे। उनले नेपाली सेनाबाट राजीनामा दिएर रसियामा सैनिक सेवामा पठाउने कार्यमा संलग्न रहेको खुलेको हो। त्यसै गरि १२ जनाबाट बरामद भएका ४७ थान पासपोर्टमध्ये दुई थान पासपोर्ट नेपाल प्रहरीका दुई अधिकारीको रहेको खुलेको काठमाडौंका डीएसपी अंगुर जिसीले जानकारी दिए।

पासपोर्ट बुझाउने प्रहरीहरु उपत्याकै युनिटमा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उदयपुरको कटारी नगरपालिका ६ का ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौंको जोरपाटीका २७ वर्षीय सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती २ का २३ वर्षीय मनिष न्यौपाने, काठमाडौं महानगरपालिका १६ का २३ वर्षीय रोजन महर्जन, बुढानिलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिराहाको गोलबजारका १९ वर्षीय दिपेन परियारलाई पक्राउ गरि सार्वजनिक गरेको छ।

त्यस्तै गरि काभ्रेपलान्चोको सल्ले भुम्लु १ का २९ वर्षीय सुबास लामा, चितवनको राप्ती नगरपालिका १ का २५ वर्षीय गोकर्ण अर्याल, बारको जितपुर उपमहानगरपालिका २ का २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाको मानेभञ्ज्याङ ६ की २५ वर्षीया सुजता दाहाल, लमजुङको दोर्दी गाउँपालिका २ का ३५ वर्षीय ईश्वर अधिकारी र दाङको घोराही उपमहानगरपालिका ८ का ३८ वर्षीय द्रोणा डाँगी रहेका छन्।

रुस पठाउने गिरोहले रुस पठाए वापत एक व्यक्तिबाट १४ लाख रुपैयाँसम्म यो गिरोहले लिने गरेको पाइएको छ। यही गिरोहले पठाएकामध्ये अहिलेसम्म ११ जना नेपालीहरु फर्केपछि उनीहरु समातिएका हुन। उनीहरुको साथबाट पक्राउ परेकाहरुबा २७ लाखभन्दा बढी रकम समेत बरामद गरेको प्रहरीले जनाएको छ।।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS