images

लज्जास्पद हारपछि रास्वपाले बोलायो, संसदीय दलदेखि केन्द्रीय समितिसम्मको बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

वैशाख २९ गते बस्ने गरी बोलाइएको बैठकमा उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्ने जनाइएको छ । त्यस्तै रास्वपाले शुक्रवारका लागि सचिवालयको बैठक बोलाएको छ भने २४ वैशाखमा संसदीय दलको बैठक बस्नेछ । इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको छ । रास्वपाका नेताहरूले उक्त परिणामलाई अनपेक्षित भनेका छन् ।

नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दै छ । पार्टी बैठकमा सरकारमा सहभागिता र प्रभावकारिताबारे पनि छलफल हुने रास्वपाले जनाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।