images

लामो समयपछि शेयर बजारमा हरियाली, १ अर्ब २९ करोड माथिको कारोबार

काठमाडौं । लामो समयपछि शेयर बजार आज बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ६५ अंकले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । गएको फागुन २५ गतेता आज पहिलो पटक बजार दोहोरो अङ्कले बढेको हो ।

बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । २ सय ५८ वटा कम्पनीका ५२ लाख ५५ हजार कित्ता शेयर १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको शेयर ७ करोड ६३ लाख रुपैयाँमा किनबेच भयो । आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र न्यादी हाइड्रो पावर कम्पनीको शेयर झन्डै ८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सको शेयर साढे ५ प्रतिशतले घटेको छ ।