images
images
images

वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य छैनः एमाले महासचिव पोखरेल

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य  नरहेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले सरकारको लाचारीले राष्ट्रिय हितको विषय नै ओझेलमा परेको बताए ।

ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैँले उठान गरेको लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको उनको भनाइ छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपाली राजनीतिको सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गरिन् ।बाइट…विद्यादेवी भण्डारी

संसदमा केपी शर्मा ओली नामक पुस्तकमा एमाले अध्यक्ष एवम् पूर्वप्रानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई संकलन गरिएको छ । पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिइन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS