images

विदेशी लगानीकर्तालाई दोहोरो करबाट मुक्त रहने व्यवस्था छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट कर लगायतमा प्रोत्साहन प्रदान गरेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले हालै द्विपक्षीय लगानी सम्झौता ९बिआइए० को ढाँचालाई स्वीकृत गरेको र यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताए । उनले चाँडो भन्दा चाँडो ‘बिआइए’ मा हस्ताक्षर गर्न आग्रह पनि गरे । नेपालका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने भन्दै उनले राष्ट्रिय एवं सबै ‘एफडीआई’ बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउने बताए ।

प्रधानमन्त्री दाहालले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २ सय मेगावाट मात्रै उत्पादन भएको बताए । जलविद्युत उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता जनाउने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले पर्यटन उद्योग अर्थतन्त्रको महत्त्वपूर्ण योगदानकर्ता रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने पनि बताए ।