काठमाडौं । नेपाल BYD को ३०औं वार्षिकोत्सव र १ करोडौं NEV विश्वव्यापी उत्पादनको अवसरमा, BYD र साईमेक्स इन्क.ले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ । यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउदै हरित भविष्यप्रतिको BYD को प्रतिबद्धता देखाएको छ । यस उपलब्धिले BYD को विश्वव्यापी अटोमोटिभ इंडस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काएको छ । वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र BYD को प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट पारेको छ । विश्वव्यापी रूपमा, BYD १ करोड NEV उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ, जसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गरेको छ ।