images

संविधानमा व्यवस्था गरेका मौलिक हकहरू व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः  मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरू व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।

सोमवार काठमाडौंमा गोरखापत्र प्रकाशनको १२४ औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उनले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेको उल्लेख गरे । उनले जातीय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरू संविधानमा व्यवस्थित गरेको भए पनि आजसम्म पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए । उनले व्यवहारिक रूपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरू पत्ता लगाइ सरकारी सञ्चारमाध्यमबाट जनता समक्ष लैजान आवश्यक रहेको पनि बताए । उनले अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘हामी अहिले नयाँ समयमा छौं । नयाँ समयमा गइसकेपछि हामीले त्यही ढङ्गबाट अघि बढ्नुपर्छ । हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छौं । जातीय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरू संविधानमा व्यवस्थित गरेका छौँ । तर त्यो कुरा आजका दिनमा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । व्यवहारिक रूपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरू पत्ता लगाइ यस्ता कुरालाई सरकारी मिडियामार्फत जनसमक्ष लैजान सक्यौँ भने मलाई लाग्छ सचेतनाको पक्षमा राम्रो भूमिका निर्वाह गर्दछ । आजका दिनमा आउँदासम्म हामीले प्राप्त गरेका उपलब्धिहरूलाई जोगाउन जरुरी छ ।’

गोरखापत्र संस्थानको संरचनागत अवस्था र व्यवस्थापन पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र बजारको व्यवस्था गर्नुपर्ने समय आएको बताए । उनले सरकारी मिडियाहरू सरकारका भजन मण्डलीका रूपमा मात्रै रहनु नहुने बताए । उनले सरकारी मिडियाहरू सरकार र जनताबिचको पुल बन्न सक्नुपर्ने बताए ।