images
images
images

संसद्लाई विधि सङ्गत रूपमा छलफलको केन्द्र बनाऔँः सभामुख घिमिरे

काठमाडौं–सभामुख देवराज घिमिरे संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसले उठेर विरोध जनाए पश्चात् संसद्मा बोल्दै सभामुखले यस्तो आग्रह गरेका हुन् । उनले संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नको लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गर्नुभयो । उनले संसद्को कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।

उनले भने,‘सहकारी समस्या समाधान गर्नको लागि कार्यदललाई सहयोग पु¥याउनु हुनेछ । संसद्ले पूरा गर्नुपर्ने राष्ट्रको लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पु¥याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । संसद्लाई विधि सङ्गत ढङ्गबाट छलफलको केन्द्र बनाऔँ । त्यही अनुसार जानको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु ।’

सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूची हटाउँदै जेठ १३ गते आइतबार ११ बजे बैठक बस्ने गरी स्थगित गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS