images
images

चार्टर्ड एकान्टेण्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छः अर्थमन्त्री पौडेल

काठमाडौँ–उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।

काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको दशौँ परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले राज्यका सम्बद्ध निकायहरूमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्ने गरी पहल गर्ने प्रतिबद्धता जनाए। उनले राज्यका सम्बद्ध निकायहरूमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरूमा चार्टड एकाउन्टेन्टका लागि दरबन्दीको प्रबन्ध गरिने बताए ।

अर्थमन्त्री पौडेलले राज्यमा सम्बद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरुको लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताए । उनले मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरुको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने,‘आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेन्टको विधालाई प्रभावकारी,सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेन्ट संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । पछिल्ला दिनहरूमा चार्टड एकाउन्टेन्ट सरकारका सम्बद्ध निकायहरूमा चार्टड एकाउन्टेन्टको दरबन्दी प्रबन्ध हुनुपर्छ भन्ने कोणबाट पनि आवाजहरू उठिरहेका छन् । छलफल चलिरहेको छ । हामीले लेखा परीक्षणको क्षेत्रमा जुन गुणस्तरको अपेक्षा गरेका छौँ । त्यो गुणस्तर कायम गर्नको लागि राज्यका सम्बद्ध निकायहरूमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरूमा चार्टड एकाउन्टेन्टका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्छ । त्यो प्रबन्धका साथ सरकारले लेखा परीक्षणको कामलाई अगाडी बढाउनुपर्छ भन्ने कोणबाट माग र विचारहरू आइरहेका छन् । त्यसमा मेरो सकारात्मक दृष्टिकोण रहेको छ । केही समय लाग्न सक्छ । यो मागलाई सार्थक तुल्याउनको निम्ति पहल कदमी लिन्छु ।’

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकान्टेण्टले देखाएको पारदर्शी दक्षताले सरकारी निकायहरूमा चार्टर्ड एकान्टेण्टको दरबन्दी गर्नुपर्ने महसुस गरेको बताए । उनले सरकारले सरकारी निकायहरूमा लेखा परीक्षणमा चार्टर्ड एकान्टेण्टहरुले देखाएको राम्रो कामका आधारमा दरबन्दीकै व्यवस्था गर्ने पक्षमा सरकार पुगेको उल्लेख गरे । गभर्नर अधिकारीले चार्टर्ड एकान्टेण्टको महत्त्व र नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रूपमा पु¥याएको योगदान लोभ लाग्दो रहेको बताए ।