images

साताको पहिलो दिन नेप्से १४.३३ अङ्कले बढ्यो

काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन ३ दशमलव २४ अङ्क घटेर बन्द भएको नेप्से आइतबार १४ दशमलव ३३ अङ्क बढेर १९ सय ८० दशमलव २७ विन्दुमा पुगेको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । गत बिहीबार २ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ४८ हजार १८३ पटकको कारोबारमा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस दिन पोखरा फाइनान्सको शेयर मूल्य सर्वाधिक ९ दशमलव ८४ प्रतिशत बढेको छ । १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ९८ प्रतिशत बढेको छ ।