images

सिरहा कल्याणपुरमा बलेरो दुर्घटना हुँदा एक बालक मृत्यु

सिरहा– सिरहाको कल्याणपुरमा बलेरो जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।

जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर–३ इटारी प्रसाईँका सुरज साहको १२ वर्षीय छोरा अमन साहको ज्यान गएको हो । प्र-२–० १००१ च ०३७६ नम्बरको कुखुरा ओसारपसार गर्ने बलेरोले जिपले बालकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।दुर्घटनापछि बलेरो जिपका चालक फरार रहेका छन् ।

प्रहरीले ठक्कर दिने जिपलाई नियन्त्रण लिएको र घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।