images

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नाउपा अध्यक्ष रञ्जिताको ह्विप जारी 

काठमाडौं–नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत नदिन निर्देशन जारी गरेकी छन् ।

नेपाली काङ्ग्रेसबाट नेतृत्व गरिरहेका मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी समेत सामेल भएको छ ।

पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेख्दै पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विहिबार नै विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् ।

 हेर्नुहोस् यस्तो छ निर्देशन