
काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा समीकरण बदलिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका मन्त्री हटाएका हुन् ।
बर्खास्तीमा पर्नेमा सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माल रहेका छन् ।