images

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं– नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ ।

बुधवार एकै दिन सुनको भाउ तोलामा २७ सय घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशत घटेपछि नेपाली बजारमा सो अनुसार मूल्य समायोजन गरिएको हो ।

यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य पनि बुधवार घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी बुधवार १ हजार ६३० रुपैयाँ कायम भएको छ ।