काठमाडौं– सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
मङ्गलवारको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि सांसदहरूले सामान्य छलफल गरी सर्वसम्मतिले पारित गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ