images

सूर्य दर्शन सहकारी ठगि प्रकरण- पूर्व सञ्चालक गुरुङ र अर्याल पूर्पक्षका लागि जेल चलान

काठमाडौं । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्वसञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याल पुर्पक्षका लागि जेल चलान भएका छन् । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार शिवबहादुर र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए ।

मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरामा जीबी राईको समूहले खोलेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, शिवबहादुर गुरुङसहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जी जारी भएको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेको सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पनि सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।