images

स्रोत नखुलेको झन्डै एक करोडसहित दुई जना पक्राउ

काठमाडौं–स्रोत नखुलेको झन्डै एक करोड रुपैयाँसहित काठमाडौंको दरबार मार्गबाट दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आशङ्का गरेको छ ।

पक्राउ परेकाहरूलाई केही बेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।