images

३ खर्ब २५ अर्ब राजस्व असुलीको प्रगति विवरण पेश गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले ३ खर्ब २५ अर्ब राजस्व बक्यौता असुलउपरको प्रगति विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बेठकले महालेखा परीक्षकको ६० औं प्रतिवेदनले देखाएको राजस्व बक्यौता किन असुल हुन नसकेको हो भन्दै सरकारसँग जवाफ मागेको हो ।

समग्र अर्थतन्त्रका समस्या समाधान गर्न भएका प्रयास, राजस्व संकलन, राजस्व बक्यौता असुलउपर लगायतका विषयमा सरकारबाट भएका प्रयासका बारेमा लिखित प्रतिवेदन पेश गर्न समितिले निर्देशन दिएको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले महालेखापरीक्षकको ६० औं प्रतिवेदनमा ३ खर्ब २५ अर्ब राजस्वको बक्यौता रहेको देखिएको र उक्त राजस्व बक्यौता असुलीको प्रगति विवरण कस्तो छ ? तत्काल असुली गर्न नसक्नुको कारण के हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।