images

७० करोड अडियो टेप प्रकरणबारे अनुसन्धान भइरहेको छः अख्तियार प्रमुख राई

काठमाडौं–अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले ७० करोड अडियो टेप प्रकरणबारे अनुसन्धान भइरहेको बताएका छन् । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राईले उक्त कुरा बताएका हुन् ।

उनले भने,‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्‍याएर  लैजान हुँदैन ।’

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बास्कोटाले राजीनामा दिएका थिए ।
त्यसैगरि प्रमुख आयुक्त राईले अयोगले २८ हजार उजुरीमाथि अनुसन्धान गरिरहेको बताए ।