
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साहसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
वडा नम्बर ६ मा कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको ठहर गर्दै आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
साहसहित वडा नम्बर ६ का अध्यक्ष श्यामबाबुर साह, पालिकाका इन्जिनियर उपेन्द्रप्रसाद साह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र रायलगायत विरुद्ध मुद्दा दर्ता भएको छ ।
भ्रष्टचार गरेको निष्कर्षसहित अख्तियारले उनीहरूलाई जनही ७ लाख ७९ हजार २ सय ५ रुपैयाँ बराबर बिगो तथा कैद सजाय माग गरेको छ ।