images
images

तुलसीलाल प्रतिष्ठान भवनबाट एमालेको पार्टी कार्यालय भवन हटाउन प्रभु साहको माग

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानकै भवनमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा आपत्ति जनाएका छन् ।

सामाजिक कार्यको लागि स्थापित प्रतिष्ठानहरूलाई नेताहरूले कमाउने भाँडो बनाएको भन्दै उनले तत्काल पार्टी कार्यालय हटाउन आग्रह गरे । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ? भन्दै प्रश्न गरेका छन् ।

तुलसीलाल सबैका आदरणीय नेता भएको भन्दै उनले त्यस्तो नेताको नाममा प्रतिष्ठान खोल्ने, सरकारबाट आर्थिक सहायता लिएर भवन बनाउने र एउटा दललाई प्रयोग गर्न दिने आपत्तिजनक भएको बताए ।

सांसद साहले जनताको रगत–पसिनाको करोडौं रकम दुरुपयोग हुँदा नियमन गर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री नै मतियार बनेको आरोप लगाउँदै न्याय माग्न कहाँ जाने ? भन्दै प्रश्न गरे ।

तुलसीलाल स्मृति प्रतिष्ठानको भवन भाडामा दिन मिल्ने भए एमालेभन्दा बढी भाडा दिने भन्दै आफूलाई दिन माग गरे ।२०७२ को भूकम्पले एमालेको पार्टी कार्यालय भत्काएको चर्चा गर्दै लाखौं कार्यकर्ता भएको पार्टीले आफ्नै पौरखमा पार्टि कार्यालय बनाउन सुझाव दिएका छन् ।