
काठमाडौं । क्यानडाको आम चुनावमा मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले जित हासिल गरेको छ।
जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निसाना साँधेका छन् ।
प्रधानमन्त्री कार्नीले क्यानडामाथि प्रभुत्व जमाउन सकियोस् भन्दै राष्ट्रपति ट्रम्पले क्यानडालाई टुक्र्याउने प्रयास गरिरहे पनि त्यो कहिल्यै सम्भव नहुने बताए ।
उनले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भइसकेको घोषणा समेत गरे । ट्रम्पले क्यानडालाई बारम्बार व्यापार युद्धको धम्की दिँदै आएका छन् । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरा पनि गर्दै आएका छन् ।