images

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजी नेतृत्वको केन्द्र–वामपन्थी लेबर पार्टीले संघीय चुनावमा दक्षिणपन्थी विपक्षी गठबन्धनमाथि विजय हासिल गरेको छ ।

मतगणना चलिरहेकै बेला प्रधानमन्त्री अल्बनीजको पार्टीले जीत हासिल गरिसकेको बीबीसीले जनाएको छ । मतदान आजै सकिएको हो ।

आज सदनका एक सय ५० सिटका लागि मतदान भएकोमा लेबर पार्टीले ८५ सिट जितिसकेको छ । तल्लो सदनमा बहुमत ल्याउने पार्टी वा गठबन्धनको नेता प्रधानमन्त्री बन्ने चलन छ ।

अष्ट्रेलियामा माथिल्लो सदनलाई सेनेट र तल्लो सदनलाई हाउस अफ रिप्रेजेन्टेटिभ्स भनिन्छ । आज तल्लो सदनसँगै माथिल्लो सदनका ७६ मध्ये ४० सिटका लागि पनि मतदान भएको छ ।

छ वर्षको कार्यकाल हुने माथिल्लो सदनमा हरेक तीन वर्षमा आधा सदस्य फेरिन्छन् । एक करोड ८० लाख भन्दा धेरै मतदाता रहेको अष्ट्रेलियामा १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई मतदान गर्न अनिवार्य छ ।