images
images

३२ सिटको जादु चलाउन पाए सरकार ढल्छ तर कसैलाई फकाइँदैनः प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु सरकार ढाल्न कसैलाई फकाउने पक्षमा नरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुको जिज्ञासमा आफ्नै बोझले यो सरकार ढल्ने टिप्पणी गरे। ‘हामी देउवाजी, कसैलाई पनि फकाउने पक्षमा छैनौँ,’ प्रचण्डले भने, ‘मैले भनेको छु, आज पनि भनेँ, तपाईंहरुले सुनिनैहाल्नुभयो। आफ्नै बोझले यो ढल्छ। जनताको मनमा त यो सरकार ढलीसक्या छ।’

उनले आफूहरुको ध्यान अहिले सरकारतिर भन्दा पनि अभियानमा भएको समेत जिकिर गरे। ‘सरकार बनाउनेतिर अहिले हाम्रो ध्यान छैन, हाम्रो ध्यान जनतामै जानेछ,’ प्रचण्डले भने, ‘तपाईंहरुले थाहा पाइसक्नुभयो, मध्यपहाडी लोकमार्ग अभियानमा हामी जाँदै छौँ। जादु चलाउन चाहे त चल्छ, अहिले चलाउने पक्षमा छैनौँ।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS