images

भारतको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने पाकिस्तानको निर्णय

काठमाडौं । पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने भएको छ ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठकले भारतले गएराति थालेको क्षेप्यास्त्र आक्रमणलाई जघन्य अपराध भन्दै जवाफ दिने निर्णय गरेको हो । बैठकले पाकिस्तानी सार्वभौमसत्तामाथि भारतले धावा बोलेको निष्कर्ष निकाल्दै आक्रमणको निन्दा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग भएको बताएको छ । पाकिस्तानका सैन्य बलहरूलाई भारतलाई जवाफ दिने गरी कारबाही गर्न पाउने अधिकार दिइएको पाकिस्तानले बताएको छ । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफको अध्यक्षतामा बैठक बसेको बीबीसीले जनाएको छ ।

समितिको बैठकपछि प्रकाशित विज्ञप्तिमा पाकिस्तानले पाँच वटा भारतीय लडाकू विमान र ड्रोन खसालिदिएको दाबी गरेको छ । पाकिस्तानी भूमिमा आतङ्ककारीहरूका शिविर भएको भारतीय आरोपको पाकिस्तानले फेरि खण्डन गरेको छ ।

यस्तै पाकिस्तानले इस्लामाबादमा रहेको भारतीय कूटनीतिक नियोगका उपप्रमुखलाई बोलाएर विनाउक्साहट भारतबाट पाकिस्तानी भूमिमा हवाई हमला भएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।