images
images

नायक पल शाहसँग बालकलाकार प्रिन्स बमलाई दर्शकले रुचाउँदै, चार हप्तामै ‘कि मलाई जोवन देउ, कि सीधै नो भन्देऊ’ चर्चामा (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्रका नायक पल शाहसँग बालकलाकार प्रिन्स बमले पनि म्यूजिक भिडियोमा प्रवेश गरेका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका घर भई हाल काठमाडौं बस्दै आएका बमले पहिलो म्यूजिक भिडियोका रुपमा ‘कि मलाई जोवन देउ, कि सीधै नो भन्देऊ’ नामक लोक गीतमा अभिनयका लागि अवसर पाएका हुन् ।

उमेरले ११ वर्ष पूरा गरेका प्रिन्स सानै छँदादेखि नृत्यमा रुची राख्दै आएका थिए । नायक पलसँगको घुलमिल र आत्मियताका कारण उनलाई थप सहज हुँदै गएको छ । पहिलो लोकगीत ‘कि मलाई जोवन देउ, कि सीधै नो भन्देऊ’ मा उत्कृष्ट अभिनय गरेका प्रिन्सले आफूलाई अब्बल बनाउँदै लगेका छन् । उनले अर्को म्यूजिक भिडियोमा समेत खेल्ने अवसर प्राप्त गरेका छन् ।

यता, गायक छविराज सुनारले गाएको ‘कि सिधै नो भन्देऊ’नामक लोक गीत पछिल्लो समय चर्चामा छ । अहिले उक्त गीतलाई छविराज सुनारको युट्युब च्यानलमा चार हप्ताको अवधिमा ११ लाख ३० हजार पटक हेरिएको छ ।

अमेरिकामा बस्दै आएका गायक सुनारको यो गीत सामाजिक सञ्जाल टिकटक, फेसबुक र युट्युबमा चर्चामा छ । गीतमा सुनार सहित शान्तीश्री परियारको स्वर रहेको छ । पछिल्लो समयका चर्चित नायक शाहले अभिनय गरेका छन भने शाहलाई जुना बिश्वकर्माले साथ दिएकी छन । म्यूजिक भीडियोको निर्देशन चर्चित कलाकार तथा निर्देशक विनोद भण्डारी गरेका हुन् ।

गीत नेत्र अर्यालले लेखेका हुन भने नन्दु परियारको लय सृजना रहेको छ । सुनारले यसभन्दा अघि ल्याएको ‘लामलाम पिरती’लेपनि राम्रो चर्चा पाएको थियो । उक्त गीत युट्युबमा १३ लाख २२ हजार पटक हेरिएको छ ।

भिडियो :

https://youtu.be/rUX9H5CB8Bs

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS