images

प्रदर्शनलाई निरन्तरता दिने राजावादी समूहको निर्णय

काठमाडौं । राजावादी समूहले प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा प्रदर्शन जारी राख्ने राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिएका छन् ।

यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ ।

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।