
काठमाडौं । सार्वजनिक यातायात बन्दको मारेमा परेका यात्रुका लागि काठमाडौं उपत्यकाका विभिन्न रुटमा नेपाल प्रहरीले नि:शुल्क बसे सेवा सुरु गरेको छ।
रुट नम्बर १ र रुट नम्बर २ मा निस्शुल्क बस सेवा दिइएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जनाएका छ।
यातायात व्यवसायीले राइड सेयरिङसम्बन्धि कानुनको विरोध गर्दै आज देशभर सार्वजनिक यातायात बन्द गर्दा यात्रु मारमा परेका छन्।
राइड सेरिङले पनि बन्दको मौकाछोपी बढी भाडा लिँदा यात्रु थप मारमा परेका छन्।