images
images
images

बालेन प्रमुख रहेको काठमाडौं महानगरको खर्चमा अनियमितताको आरोप

काठमाडौं । बालेन्द्र शाह (बालेन) प्रमुख रहेको काठमाडौं महानगरपालिकाको खर्चमा अनियमितताको आरोप लागेको छ ।

महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा महानगरको खर्चमा उच्च अनियमितता देखिएको हो । उक्त प्रतिवेदनअनुसार बालेनसहित महानगरका कर्मचारीहरूले विदेश भ्रमणमा गरेको खर्च रकम नियमसम्मत नभएको देखिएको छ ।

वैदेशिक भ्रमणमा भएको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमितता देखिएको हो । फ्रान्सको पेरिसमा बालेनले गरेको भ्रमण खर्च, ब्राजिलमा गरिएको खर्च, भारत, बंगलादेशलगायतमा गरिएको खर्चमा अनियमितता गरिएको पाइएको छ ।

बालेनले विदेश भ्रमणमा जाँदा अनुमतिसमेत नलिएको खुलेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट भ्रमणमा संलग्न कर्मचारीको मनोनयन हुनुपर्नेमा व्यवस्था रहेको छ, तर बालेनलगायतका उनका महानगरका कर्मचारीहरू भ्रमणमा मनोनयन बेगर गएको महालेखाले उल्लेख गरेको छ ।

यसरी गएको भ्रमण र भुक्तानीमा भएको खर्च नियमसम्मत नभएकोसमेत महालेखाले उल्लेख गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS