images
images

वर्षौंदेखि अधुरा बल्खु, सानेपा, महालक्ष्मी स्थानका आकाशे पुलहरू ?

काठमाडौं । काठमाडौं उपत्यकाकोे चक्रपथ अन्तरगत तिन स्थानमा आकासे पुल निर्माणका लागी २०७४ सालमा ठेक्का सम्झौता भएको थियो । ललितपुरको महालक्ष्मी स्थान, सानेपा र काठमाण्डौँको बल्खुमा निर्माणाधिन आकासे पुलहरु हाल सम्म पनी अधुरै रहेका छन् ।

महालक्ष्मी स्थान र सानेपामा ५०÷५० प्रतिशत काम सम्पन्न भएको छ, भने बल्खुमा ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुल निर्माणका लागि कङ्क्रिटका पिलरहरू ठड्याइएका छन् तर त्यसपछि कुनै काम अघि बढेको छैन । यसले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन् । तीव्र गतिका सवारीसाधनको बिचबाट बाटो काट्दा ज्यानकै जोखिम हुने सर्वसाधारणको भनाइ छ ।

बल्खुमा आकासे पुल निर्माणका लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय अगाडि खम्बा गाडिएपनी अन्य काम भने अघी बढ्न सकेको छैन् । यस पुलको निर्माण लागत चार करोड ६ लाख ७८ हजार रुपैयाँ छ । २०७४ साल भदौ २९ गते काठमाडौँ चक्रपथ सुधार योजना र महर्जन पुर्णचण्डी ड्रामा जेभी विच ठेक्का सम्झौता भएको यस पुलको निर्माण अवधि सुरुमा २०७५ मङ्सिर २९ सम्म रहेको थियो । उक्त मितीमा काम सम्पन्न नभए पश्चात तीन पटक म्याद थप गरी २०८१ मंसिर मसान्तसम्म पु¥याईएको थियो, त्यस पश्चात भने म्याद थप गरिएको छैन ।

त्यसै गरी महालक्ष्मी स्थानमा चार करोड ३२ लाख ४३ हजार रुपियाँको लागतमा आकासे पुल निर्माण गर्न २०७४ असार २८ मा महर्जन पुर्णचण्डी ड्रामा जेभी संग नै सम्झौता भएको थियो । यस पुलको सुरुको म्याद २०७५ पौष २९ सम्म रहेकामा पटक पटक म्याद थप गरी २०८१ पौष २९ सम्म थप गरिएको थियो त्यस पश्चात म्याद थप गरिएको छैन्, ।

यस्तै, सानेपाको आकासे पुल निर्माणका लागि २०७४ असार २८ मा काठमाडौँ चक्रपथ सुधार योजना र महर्जन पुर्णचण्डी सप्तपथ जेभी बिच सम्झौता भएको थियो । २०७५ असोज २८ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि पटक पटक म्याद थप गरी २०८१ पौष मसान्त सम्म मसान्तसम्म पु¥याइएको थियो  । यस पुलको ठेक्का रकम चार करोड १९ लाख २२ हजार रुपैँया छ । चव्रmपथ सुधार योजना कार्यालयले डिजाईनमा फल्ट हुदा र निर्माण कम्पनीले समयमै काम नगर्दा पुल निर्माण कार्य अधुुरै रहेको योजनाका प्रमुख कृष्ण ओझाको भनाई छ ।

यात्रुले सुरक्षित र सहज रूपमा चक्रपथको वारपार गर्न पाऊन् भन्ने उद्देश्यले आकासे पुल निर्माणको काम थालनी गरिएको थियो । पैदल यात्रुहरूका लागि सुरक्षाको सपना बोकेर सुरु गरिएका यी पुलहरू आज स्वयं संकटका परेका छन् । वर्षपछि पनि अधुरा आकासे पुलहरू सरकारको लापरवाहीको स्पष्ट प्रमाण हुन ्। समयमै पुल निर्माण कार्य सम्पन्न गर्न तर्फ सरकारले ध्यान दिन आवश्यक छ ।