images
images

आगामी आर्थिक बर्षको विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । बजेटको सबैभन्दा महत्वपूर्ण अंग मानिने विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो ।

पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिएका थिए । प्रतिनिधिसभामा विभिन्न सांसदले राखेको संशोधन समेत प्रतिनिधिसभाले अस्वीकृत गरेको छ । सो क्रममा उर्जा मन्त्रालय अन्तर्गत लिइएको ‘टेक एण्ड पे’ र ‘विलासिता कर’सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत भएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएका २३ सांसदका खर्च कटौतीका प्रस्ताव अस्वीकृत भएका हुन् । प्रतिनिधिसभामा आज डा. अमरेशकुमार सिंह, प्रभु साह, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर के.सी., शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्हामु लामा (तामाङ), नारायणी शर्मा, गंगा कार्की, लेखनाथ दाहाल लगायतले विभिन्न मन्त्रालयसम्बन्धी खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएका हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS