images
images

संसद्मा रास्वपा र राप्रपाको दबदबा, सभामुखको नजरअन्दाज

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभा बैठकमा अवरोध कायम राखेका छन् । सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति बनाएको छ । समितिलाई छानबिनका लागि तीन महिनाको समय दिइएको छ । तर, रास्वपाले बैरागीको नेतृत्वमा बनाइएको समिति मान्य नहुने बताएको छ ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिएकी छन् । गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानविन समिति गठन गरेको आरोप उनको छ ।

शनिबारको प्रतिनिधिसभा बैठकमा पनि नाराबाजी, वेल घेराउ, अनि बैठक बहिष्कारसम्मको दृश्य देखियो । रास्वपाका सांसदहरूले वेल घेराउ गरेका छन् । रास्वपाको वेल घेराउका बीच सभामुख देवराज घिमिरेले संसद बैठक भने अगाडि बढाए ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदले प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएका छन् ।