images
images

सोविता गौतममाथि एमाले–कांग्रेस आक्रोशित, संसदमा घम्साघम्सी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लिएर उठेको एक टिप्पणीले बुधबारको प्रतिनिधिसभा बैठक तातिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री ओलीको साथमा गएको टोलीका केही सदस्य नफर्किएको भन्ने समाचारको सन्दर्भ उठाउँदै संसदमा अभिव्यक्ति दिएकी थिइन् । आफ्नो अभिव्यक्ति विवादमा आएपछि सांसद गौतमले बुधबार संसदमै स्पष्ट पारिन् । उनले आफूले समाचारको सन्दर्भ उठाएको भन्दै, कसैलाई हराएको भनेर नभनेको दाबी गरिन् ।

उनले समाचारमा आएका कुराहरुबारे संसदको ध्यानाकर्षण गराउँदा आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग भएकोप्रति पनि आपत्ति जनाइन । तर, सो अभिव्यक्तिलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेस दुबै आक्रोशित देखिए । एमालेकी सचेतक सुनिला बराल र कांग्रेस सांसद शान्ति विकले गौतमको टिप्पणीलाई घृणित, तथ्यहीन र राजनीतिक चरित्र हत्या गर्ने प्रयासको संज्ञा दिंदै प्रतिवादमा उत्रे ।

प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा उठेको विवादले प्रतिनिधिसभाको मर्यादा, अभिव्यक्तिको सीमाना र राजनीतिक सहिष्णुतामाथि गम्भीर प्रश्न उठाएको छ ।

समाचार सन्दर्भमा गरिएको टिप्पणीलाई व्यक्तिगत आक्षेप ठानिँदा, संवादको थलो संसद बहसभन्दा बढी आरोप–प्रत्यारोपको अखाडा बन्न थालेको देखिन्छ ।

सांसद सोविता गौतमको स्पष्टीकरण, एमाले र काँग्रेस सांसदहरूको कडा प्रतिवादले देखाएको छ, दलगत प्रतिस्पर्धा भन्दा माथि उठेर, यस्ता संवेदनशील विषयहरूमा जिम्मेवार ढंगले बोल्न र सुन्ने संस्कार अझै स्थापित हुन सकेको छैन ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS