images
images

मधेसमा पानीको हाहाकारः सुख्खा र खाद्य संकटको खतरा

काठमाडौं । मधेस प्रदेश, जसले देशको खाद्य सुरक्षा र आर्थिक वृद्धिमा अहम भुमिका निर्वाह गर्दै आएको छ, अहिले भने एक गहिरो संकटको सामना गर्दैछ ।

किसानहरूको जीवनमा यो संकटको छायाँ गहिरो हुँदै गएको छ । यी क्षेत्रका बालीहरू, विशेष गरेर धान, अहिले असमर्थ भएर रोप्न र उब्जाउन कठिनाइ भइरहेको छ ।

वर्षा नपर्दा, खेतको हरियाली हराएको छ माटोले पानी नपाउँदा खेत सुख्खा भइरहेका छन् । अहिले किसानहरू पानीको खोजीमा आकाशतर्फ हेरिरहेका छन् । न सिंचाइको पर्याप्त सुविधा छ, न वैकल्पिक उपायहरूको कुनै असर देखिन्छ ।

धनुषा, सिरहा, सर्लाही र महोत्तरीका किसानहरूका लागि यो समय कठिनाइको शिखर हो । र, यसले पुरा प्रदेशमा एक नयाँ किसिमको संकट ल्याएको छ-खाद्य उत्पादनमा गिरावट, स्थानीय बजारमा अन्नको अभाव र अन्ततः समग्र मुलुकमा खाद्य संकटको खतरा । मधेसको जीवनयापन लगभग धान खेतीमा आधारित छ ।

यहाँको मुख्य बाली सँगै किसानको मेहनत र आशा पनि धरतीसँग जोडिएको छ । गत वर्ष असारको अन्त्यसम्म, ६१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो, तर अहिले, वर्षा नपर्दा मात्र ३६ प्रतिशतको आसपासको रोपाइँ भएको छ । यो अवस्थाले भोलिका दिनमा किसानका मुहारमा चिन्ता र भविष्यका लागि ठूलो अनिश्चितता ल्याएको छ ।

खडेरीसँगै मधेसमा चर्किएको खानेपानीको अभाव टार्न मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै नेतृत्वमा वारुणयन्त्र परिचालन गरिएको छ ।

मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय सास्ती भोग्न बाध्य छन् ।

यही समस्यालाई मध्यनजर गर्दै मधेस सरकारले प्रदेशका विभिन्न स्थानीय तहलाई १६ वटा वारुण यन्त्र समेत हस्तान्तरण गरेको छ ।

मधेस प्रदेशले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । समयमै राहत नपाए यो सम्पूर्ण देशको समस्या बन्नेछ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS