images

टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने दावामाथि अनुसन्धान हुँदै

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका एकजना युवक प्रहरीको अनुसन्धानमा छन् ।

आइतबार साँझ तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरेको हो । आफूमाथि अनुसन्धान भइरहेको थाहा पाएपछि पेस्तोलबारे ‘स्पष्टीकरण’ दिन उपत्यका प्रहरी कार्यालयमा पुगेका दावालाई त्यहाँबाट भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको थियो ।

न्यायिक निकायबाट म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको छ । कतिपयले टीओबी बुलेट बाइकर्सहरुको समूह भएको र फ्रि तिब्बतसँग सम्बन्धित नरहेको दाबी गरिरहेका छन् । फ्रि–तिब्बतको समूह सक्रिय हुँदा नेपाल–चीन सम्बन्धमा दरार आउने जानकारहरू बताउँछन् ।

भदौ २३ र २४ मा भएको प्रदर्शनमा टीओबी समूह कसरी योजनाबद्ध रूपमा सक्रिय भए भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।